चीनबाट नेपाल भित्रिएर तातोपानी भन्सार भएर काठमाडौँ जाँदै गरेको कन्टेनरहरू पहिरोले डाक्लाङमा रोकिएपछि फलफूल भने कुहिन थालेका छन् । दसैँका लागि काठमाडौँ भित्र्याइन लागेका स्याउ, आँप, अंगुर, सुन्तला, किवी, ड्रागनफूटलगायतका फलफूल कुहिन थालेपछि व्यापारीहरू मारमा परेका छन् । घटस्थापना आउन दुई दिन मात्रै बाँकी छ । जसरी नेपालीहरूलाई चाडपर्वले छपक्कै छोपेको छ, त्यसैगरी तातोपानी नाकासम्बद्ध व्यापारीहरूलाई पहिरोले छोपेर रून मात्रै सकेका छैनन् ।
उसै त २०७१ सालको जुरो पहिरोबाट धरमर–धरमर चलिरहेको तातोपानी नाका गत साउन ६ गते भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा आएको पहिरोले ठप्पप्राय छ ।बाह्रबिसेदेखि माथि लागेपछि भेटिन थाल्छ लेदोसहितको पहिरो । घट्टेखोलामा १० मिटर, लार्चामा २५ मिटर, पान्थलीमा १०० मिटर, डाक्लाङमा ११० मिटर र इकोमा २५० मिटर लेदोसहितको पहिरो बगिरहेको छ । यीमध्ये तीन वटा पहिरोले दसैँका लागि आएका सामानहरू अड्किएका छन्, इको, पान्थली र डाक्लाङ ।बाह्रबिसेदेखि माथि लागेपछि भेटिन थाल्छ लेदोसहितको पहिरो ।
घट्टेखोलामा १० मिटर, लार्चामा २५ मिटर, पान्थलीमा १०० मिटर, डाक्लाङमा ११० मिटर र इकोमा २५० मिटर लेदोसहितको पहिरो बगिरहेको छ । यीमध्ये तीन वटा पहिरोले दसैँका लागि आएका सामानहरू अड्किएका छन्, इको, पान्थली र डाक्लाङ ।देशमा राजनीतिक उथलपुथल भएसँगै नयाँ सरकार बनेपछि बिहीबार सडक विभागको टोली स्थलगत अनुगमनमा गएको थियो । सडक विभागका महानिर्देशक डा. विजय जैसी, उपमहानिर्देशक प्रभातकुमार झा, पहिरो विशेषज्ञ मधुसुधन आचार्य, उदयराज न्यौपाने, सुभराज न्यौपानेलगायत टोलीले त्यहाँको स्थानीय, व्यवसायीसँग बिहीबार तातोपानी भन्सारमा छलफल गरेको थियो ।
उक्त छलफलमा दसैँलक्षित सामान अड्किपछि व्यवसायीहरूले आक्रोशित देखिन्थे । करिब १ हजार ५ सय कन्टेनरमा दसैँलक्षित आएको सामान अड्किएको शिल्क ट्रान्सपोर्टका डाइरेक्टर विजय शेर्पाले बताए । ‘फलफूल र लसुनलगायत सामान कुहिएको छ’, शेर्पाले भने, ‘कतिपय कन्टेनर चीनमै अड्किएको छ भने कतिपय नेपाल भित्रिएर पनि काठमाडौँ पठाउन सकिएको छैन ।’
व्यवसायी शेर्पाका अनुसार दसैँलक्षित सामान ल्याएको शिल्कको मात्र करिब ८/९ सय वटा कन्टेनर फसेको छ । सामान लोड गरेर चीनमा एउटा कन्टेनर राखेको करिब १२ देखि १४ हजार रूपैयाँ तिर्नुपर्ने शेर्पाले बताए । व्यवसायीको दसैँ अगाडि पुर्याउनुपर्ने सामान अझै अड्किएपछि आफूहरूले ठुलो घाटा बेहोर्नुपर्ने बताए ।






