• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अग्रिम टिकटका लागि बस सेवा डटकम सारथी बन्दै, दैनिक १० हजार यात्रुले टिकट बुकिङ गर्नसक्ने

नीतिप्रेस by नीतिप्रेस
September 23, 2025
in जीवनशैली, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यस पटकको दशैँमा यातायात व्यवसायीहरुले यात्रुहरुलाई अग्रिम टिकट दिन आनकानि गरिरहेका बेला बस सेवा डटकम यात्रुहरुका लागि सारथी बनेको छ ।  बस सेवा डटकममार्फत दैनिक १० हजार यात्रुहरुले टिकट बुकिङ गर्नसक्ने अनुमान गरिएको छ । बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसँग पनि समन्वय गरेर अनलाइनबाट बस टिकट बुकिङ खुलाइएको बताउनु भयो । उहाँकाअनुसार बससेवा डटकमले ७७ वटै जिल्लाका लागि बुकिङ अनलाइनबाट खुलाएको छ । 


थापाले भन्नुभयो– ‘अग्रिम टिकट हामीले खोलिसकेका छौं । चितवन पोखरालगायतका ठाउँहरुमा गाडीहरु गइरहेको छ । गाडीहरु रोकिएका छैनन् भने धनगढी, महेन्द्रनगरमा बाटो बन्द भएर रोकिएको थियो, अहिले सुचारु भइसकेको छ । अग्रिम टिकट जाने मात्रै नभएर फर्किनका लागि समेत खुलाउँदैछौं । ७७ ओटै जिल्लाका लागि हामीले बुकिङ अनलाइनबाट खुलाएका छौं । हामीसँग यो पटक ५० हजारजतिको सिट छ । तर बाटोका कारणले हामीले सोचेजस्तो टिकट गएको छैन् । दिनमा लगभग १० हजारसम्म बुकिङ हुनसक्ने सम्भावना छ ।’ 

थापाकाअनुसार बस सेवालाई डिजिटलाइज गर्न महासंघबाट पूर्णरुपमा सहयोग रहँदै आएको छ । देशभरका करिव ९५ प्रतिशत यातायात समितिहरु बससेबा डटकममा आवद्ध भइसकेका छन् । बससेवा डटकमको आगामी योजना बसको मात्रै नभएर प्लेन, होटलहरुको समेत बुकिङ गर्नसक्ने व्यवस्था गर्न सकिनेछ । आगामी दिनमा नेपालको हरेक कुनाबाट अनलाइन टिकटको सुविधा दिने योजना रहेको थापाले बताउनु भयो । थापाकाअनुसार बस सेवा डटकमको सर्भर व्यवस्थापन बलियोसँग भएको बताउनु भयो । धेरैले अग्रिम टिकट अनलाइनबाट काट्दा सर्भर डाउन हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सर्भरको क्षमता बढाइएको उहाँको भनाइ छ । 

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव वेगनाथ गौतमले बस सेवासँग सहकार्य गरेर बुकिङ खुलाउँदा धेरै सहज भएको बताउनु भयो । उहाँकाअनुसार अहिले भौतिक रुपमा भन्दा पनि टिकट बुकिङ अनलाइनबाट धेरै हुने गरेको छ । यसले यात्रुलाई समेत धेरै सहज बनाएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासंचिव गौतमले भन्नुभयो–‘नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले  विगतदेखि नै हामी सबै देशभरका यातायात व्यवसायीलाई तपाईंहरुले प्रविधिको प्रयोग गर्नुस् भनेर भनेका छौं । अनलाइन टिकट गर्न भनिरहेका छौं । आफ्नो एप बनाउन पनि भनिरहेका छौं । त्यसरी नै सेबा सञ्चालन गर्न भनिरहेका छौं ।

अहिले देशभरी नै लगभग ६० प्रतिशत हाम्रा सबै सदस्यहरु अनलाइनमा गइसकेका छन् । कतिपय कम्पनीले आफ्नो कम्पनीका नाममा एप बनाएर अनलाइन टिकट दिइरहेका छन् । कतिपयले यो बस सेवा डटकमसँग सहकार्य गरेर गरेका छन् । आफ्नो एपसँग बससेवा डटकम लिंक गरेर यातायात व्यवसायीलाई सेवा दिइरहेको अवस्था छ । यसले अहिले हामीले भौतिक रुपमा अग्रिम बुकिङ खोल्ने र भौतिक रुपमा बुकिङ गर्नेको संख्या त्यति धेरै छैन् । यो सबै अनलाइन सेबाले गर्दा नै हो ।’ 

Previous Post

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच सिंहदरबारमा भेटवार्ता

Next Post

सबैले चुनावमा भाग लिनसक्ने वातावरण बनाउने कामलाई सरकारले अर्जुनदृष्टिमा राखेको छः सञ्चारमन्त्री खरेल

Next Post

सबैले चुनावमा भाग लिनसक्ने वातावरण बनाउने कामलाई सरकारले अर्जुनदृष्टिमा राखेको छः सञ्चारमन्त्री खरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन