यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकारद्वय शिव सिलवाल (नेपाल टेलिभिजन) र भरतबन्धु थापा (एभिन्युज)लाई संयुक्तरुपमा प्रदान गरिएको छ ।
आज नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको आयोजनामा उक्त पुरस्कार वाणिज्य मन्त्री मीन विश्वकर्माले प्रदान गरे ।
पुरस्कार प्रदान गर्दै मन्त्री विश्वकर्माले जोखिममा काम गर्ने पत्रकारलाई सरकारले विशेष सुरक्षा प्रदान गर्नुपर्ने बताए । दुवै जनालाई संयुक्तरुपमा रु ५१ हजारको राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।






