• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लुम्बिनी प्रादेशिक अस्पताल निर्माण आयोजनाको प्रगति २८.५० प्रतिशतः ३ वर्षभित्रै सक्ने लक्ष्य

नीतिप्रेस by नीतिप्रेस
September 28, 2025
in नेपाली समाचार आजको, लुम्विनी प्रदेश, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माण कार्यको प्रगति २८.५० प्रतिशत पुगेको छ ।


आयोजनाको सुपरीवेक्षणको जिम्मा पाएको काठमाडौ विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौ यूनिकन्सल्ट सेन्टर’ ले प्रगति २८.५० प्रतिशत पुगेको जनाएको हो । २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको भवन निर्माण कार्यको भौतिक प्रगति हालसम्म २८.५० प्रतिसत पुगेको आयोजनाको सुपरीवेक्षण गरिरहेका काठमाडौं युनिकन्सल्टका इन्जिनियर मन्नुप्रसाद चौधरीले जानकारी दिनुभयो । पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद रहे पनि भवन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्शन र रेलिगेर सम्मिलित संयुक्त कम्पनीले तीन वर्षमै सक्ने लक्ष्यसहित काम गरिरहेको आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर चौधरीले बताउनु भयो ।

आयोजनाको हालसम्मको प्रगति लक्ष्यअनुरुप अगाडी बढेको बताउदै उहाँले कुनै बाधा अवरोध नभए निर्धारित समय अगावै काम सकिने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय निर्माण मापदण्डअनुसार काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौ यूनिकन्सल्ट सेन्टर’ लाई ‘जी–टु–जी’ माध्यमबाट सुपरीवेक्षणको जिम्मा दिइएको सो आयोजनाको प्राध्यापकको नेतृत्वमा १६ जनाको टोलीले सुपरीवेक्षण गरिरहेको साइट इन्जिनियर शंकर सुवेदीले बताउनु भयो । निर्माण कम्पनीको १० जना विशेष प्राविधिक सदस्यसहित २२० जना कामदारहरू दैनिक रूपमा खटिएको इन्जिनियर सुवेदीले जानकारी दिनुभयो । 


आयोजनाकाअनुसार हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ भने दोस्रो बेसमेन्टको ढलान पनि सकिएको छ । अस्पतालका पुराना संरचना हटाउने काम (साइट क्लियरेन्स) पछि निर्माण शुरु भएको करिव चार महिनाको अवधिमै यो उल्लेख्य प्रगति भएको आयोजनाको दाबी छ । पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि ३ वर्ष भित्रै सक्नेगरी कामले तिब्रता पाएको प्राविधिकहरुको भनाई छ । सरकारले दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित अस्पतालको लागत आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १ सय ९९ रुपियाँ रहने अनुमान गरेको छ ।

२०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको निर्माण कार्यको म्याद आगामी २०८५ पुस २५ सम्म रहेको छ । निर्माणाधीन नयाँ भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपतकालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको छ । यसमा विशिष्टीकृत ग्यास्ट्रो एन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजीलगायतका सबै विभागीय सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।

Previous Post

देउवाबारे प्रवक्ता महतः सांघातिक हमला हुने देख्दा देख्तै त घर नछोडेको व्यक्ति देश छोडेर भाग्नुपर्ने कारण के ?

Next Post

मैदानमा दशैँ मनाउँदै नेपाली यु–१७ महिला टोली

Next Post

मैदानमा दशैँ मनाउँदै नेपाली यु–१७ महिला टोली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन