राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गर्नुभएको छ । रोल… सोमवार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गर्नुभएको हो । देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रही आएको छ । तर यस वर्ष भने गुह्वेश्वरीमा मात्रै जानुभएको हो ।






