नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । बुधवार मध्यान्ह निर्वाचन आयोगले पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । आयोगको तर्फबाट सचिव माहादेव पन्थले पार्टीका संरक्षक रेशमलाल चौधरी र पार्टीका अध्यक्ष कविर सोपलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गर्नुभएको थियो ।






