पब्लिक सर्भिस इन्टरनेसनल (पिएसआई)ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने तथा नियमित सेवा सुविधा उपलब्ध गराउन अभियानलाई तिब्र पारेको छ । लामो समयदेखि समुदायमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई संगठित गर्दै उनीहरूको आवाज सशक्त बनाउन प्रयासरत रहेको पिएसआईले जनाएको छ । पब्लिक सर्भिस इन्टरनेसनलले बुधवार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुसँग अन्तरक्रिया समेत गरेको छ ।






