• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

नीतिप्रेस by नीतिप्रेस
November 16, 2025
in कास्की, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २९ कार्तिक

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव कल्याण भन्दा अरु ठूलो धर्म नभएको बताउनुभएको छ । सहयोगापेक्षी सडक आश्रित मानवको हित गर्ने कार्य पुण्यको कर्म भएको उहाँको भनाई छ ।

पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार आयोजना गरेको श्री हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार अर्पण समारोहमा उहाँले यस्तो बताउनुभएको हो । उक्त पुरस्कार यस वर्ष मानवसेवा आश्रम नेपाललाई संस्थागत रुपमा प्रदान गरिएको छ ।

समितिका संस्थापक अध्यक्ष स्वर्गीय हेम बहादुर प्रधानले १५ लाख अक्षयकोष खडा गरी स्थापना गर्नुभएको उक्त पुरस्कारको राशी १ लाख १ हजार रहेको छ । समितिका तर्फबाट प्रदेश प्रमुख भट्ट, समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले आश्रमका सञ्चालक राम्जी अधिकारीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रदेश प्रमुख भट्टले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवद्र्धनको महाअभियानलाई सबैले साथ दिनुपर्ने बताउनुभयो । पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरको विकास, संरक्षण, पूर्वाधार निर्माण तथा व्यवस्थापनमा क्रियाशील समितिको निरन्तर सेवाको पनि उहाँले प्रशंसा गर्नुभयो ।

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभियानमा १४ वर्षदेखि अनवरत लागिरहेको मानवसेवा आश्रमलाई यो सम्मान अर्पण गर्ने निर्णयप्रति समितिलाई धन्यवाद व्यक्त गर्दछु र आश्रम सञ्चालकहरूलाई बधाई दिन चाहन्छु ।प्रदेश प्रमुख भट्टले भन्नुभयो आफ्नो लागि केही गर्न नसक्ने अवस्थामा रहेका सहयोगापेक्षी मानवहरुको उद्धार, पालनपोषण, संरक्षण, पारिवारिक पुनःमिलन कार्यक्रम गरिरहेकोमा आश्रमको कामलाई मुक्तकण्ठले प्रशंसा गर्दछु ।

यस पुरस्कारबाट यसअघि राष्ट्रपतिको समुपस्थितिमा विशिष्ट संस्कृतिसाधक स्वर्गीय सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् साहित्यकार तुलसी दिवस र स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबालाई सम्मान गरिसकेको साहित्यकार तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

Previous Post

दशनामी समाज कास्कीको साधारण सभा सम्पन्न

Next Post

गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित

Next Post

गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन