नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पक्राउ गरिएका दुर्गा प्रसाईंलाई तत्काल छोडन सरकारसँग माग गर्नुभएको छ । बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै उहाँले प्रसाईंलाई बोलेबापत पक्राउ गरिएको जिकीर गर्दै तत्काल छोड्न दबाब दिनुभएको हो । मावन अधिकार आयोगले समेत प्रसाईंको मानव अधिकार हनन गर्न नपाउने कुरा सरकारलाई भनिसकेकाले पनि सरकारले उसलाई पक्राउ गरेर राख्न नपाउने स्पष्ट पार्नुभयो ।






