सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रवारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँ घटेर २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि सुन बिहीवार तोलामा २ लाख ४३ हजार रुपैयाँ रहेको थियो । यस्तै चाँदीको मूल्य समेत घटेको छ । बिहीवार तोलामा ३ हजार १ सय ८५ रुपैयाँ कायम भएको चाँदी शुक्रवार घटेर ३ हजार १ सय रुपैयाँ कायम भएको छ ।






