राजधानी मात्र नभई देशभर यतिबेला जाडो बढ्न थालेको छ । राजधानीमा जाडो बढ्न थालेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार धाउनेहरु पनि बढ्न थालेका छन् । बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो तर बदलिँदो समय र भित्रिँदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरुको आकर्षण बढेको छ । दिनानुदिन बढ्दै गएको चिसो मौसमका कारण काठमाडौंमा हिटर, गिजर अनि एसी लगायतका विद्युतीय सामग्रीको व्यापार बढेको ब्यापारीहरु बताउँछन् । कात्तिकको अन्त्यदेखि नै बढेको हिटर, गिजरको व्यापार यो समयसम्म आइपुग्दा तिब्र हुन थालेको व्यवसायीहरूको भनाई छ ।






