लेबनानी राष्ट्रपति जोसेफ आउनले दक्षिणी लेबनानको लागि सुरक्षा रोडम्याप अनावरण गर्नुभएको छ । इजरायलले उल्लङ्घन रोकेपछि र आफ्नो बाँकी सेना फिर्ता लिएपछि सीमा क्षेत्रमा सेना तैनाथ गर्ने प्रतिवद्धता जनाउनु भयो । टायरमा रहेको सेनाको दक्षिण लिटानी सेक्टर मुख्यालयमा बोल्दै आउनले योजना तत्काल क्विन्टेट समिति – संयुक्त राज्य अमेरिका, फ्रान्स, साउदी अरेबिया, इजिप्ट र कतारलाई पठाइने बताउनु भयो । २००६ मा अपनाइएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रश्ताव १७०१ ले लिटानी नदीको दक्षिणी क्षेत्रलाई लेबनानी सेना र संयुक्त राष्ट्र शान्ति सेना बाहेक अन्य कुनैपनि सशस्त्र कर्मचारीहरूबाट मुक्त राख्न आवश्यक छ ।






