कुवेतको क्यापिटल गभर्नरेटमा भव्य रूपमा ‘हिन्ड्रेन्स दौड – फ्लेयर फिटनेस फेस्टिभल २०२५’ आयोजना गरिएको छ । फ्लेयर फिटनेसको आयोजनामा भएको यो कार्यक्रममा १ हजार भन्दा बढी फिटनेसप्रेमीहरूले उत्साहजनक सहभागिता जनाएका छन् । यो दौड सामान्य दौड मात्र थिएन । यो ४ किलोमिटरको दूरीमा २१ वटा रोचक र चुनौतीपूर्ण अवरोधहरू (अब्स्टाकल) रहेको विशेष ‘अब्स्टाकल कोर्स रेस’ थियो। कीचडमा लड्ने, पर्खाल चढ्ने, रस्सी तान्ने, पानीमा डुब्ने, क्रल गर्ने लगायतका अवरोधहरूले सहभागीहरूलाई शारीरिक र मानसिक दुवै रूपमा परीक्षा लिएका थिए ।






