नेकपा (एमाले)ले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सोमबार तत्कालीन प्रतिनिधि सभा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर गर्नु भएको हो । रिटमा प्रधानमन्त्री सुशीला कार्की असंवैधानिक ढंगले प्रधानमन्त्री भएको जिकीर गर्दै सो नियुक्ति बदर गरी संसदमार्फत नै सरकार निर्माण प्रक्रियालाई अघि बढाउन पनि माग गरिएको तत्कालीन एमाले संसदीय दलका प्रमुख सचेतक बर्तौलाले जानकारी दिनु भयो ।






