गृहमन्त्री ओमप्रकाश अर्यालले विपद्को प्रतिकार्य र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा मनसुन प्रतिकार्य कमाण्ड फोर्स गठन गरी सञ्चालनमा ल्याइएको बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दलै उहाँले यस्तो जानकारी गराउनुभएको हो । साथै बैठकमा उहाँले गत आर्थिक वर्ष २०८१÷८२ मा प्राकृतिक तथा मानवसिर्जित विपद्बाट ठूलो मानवीय र भौतिक क्षति भएको तथ्यांक समेत प्रश्तुत गर्नुभयो । उहाँकाअनुसार गत आर्थिक वर्षमा बाढी–पहिरो, भूकम्प, भारी वर्षा, चट्याङ, आगलागी, सर्पदंश, वन डढेलो, जंगली जनावरको आक्रमण, हावाहुरी, लेक लाग्ने घटना तथा सडक दुर्घटना गरी विभिन्न विपद्को कारण ३ हजार १ सय ५७ जनाको मृत्यु भएको छ ।






