अर्थमन्त्री रामेश्वर खनालले कालोसूचिमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय रहेको बताउनुभएको छ । आज राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले कुनैपनि देशका धेरै नागरिकहरु कालोसूचमिा पर्नु राम्रो नभएको बताउनु भयो । उहाँकाअनुसार धेरै मानिसहरु कालोसूचीमा नपर्ने हो भने धेरै कर्जा प्रवाह हुने स्थिति आउन सक्छ । अर्थमन्त्री खनालले तरलता बढी हुनुमा ग्रामिण क्षेत्रमा जाने, विपन्न वर्गले पाउने र प्राथमिकता प्राप्त क्षेत्रमा जाने कर्जा प्रवाह हुन नसक्नु रहेको बताउनु भयो ।






