अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नागरिक उडड्यण प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना र एक कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ । भक्तपुरको नलिनचोकमा हेलिपोर्ड निर्माणको क्रममा अनियमितता गरि भ्रष्टाचार गरेको आरोपमा आयोगले बुधवार उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । क्यानका महानिर्देशक प्रदिप अधिकारी, निर्देशक मुरारी भण्डारी, उपप्रवन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रवन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सेल्टिङ प्रालिका म्यानेजिङ डाईरेक्टर विजय थापा, प्राईभेट ईन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सेल्टिङ प्रालि, नयाँ बानेश्वर विरुद्ध मुदा दायर गरिएको विशेष अदालतका उपरजिष्टार कृष्णसरण लामिछानेले जानकारी दिनुभयो ।






