काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले योमरी पुन्हीलाई संस्कारका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । २२ औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गर्नुभया । उपमेयर डंगोलले यामरी पुन्ही एउटा पर्व मात्र नभइ संस्कार भएको जिकिर गर्नुभयो ।






