नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताउनुभएको छ । प्रतिनिधि सभा निवाृचनका लागि मोरङ—३ बाट सर्वसम्मत सिफारिस हुनुभएका शर्माले सोही कार्यक्रमस्थलमा यस्तो बताउनुभएको हो । उहाँले २०८२ सालमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुहुँदै काँग्रेसले मोरङ—३ मा जस्तै अन्य स्थानमा पनि मेलमिलापसहित प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गर्नुपर्ने बताउनु भयो ।






