भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता भएको बताउनुभएको छ । मंगलवार पू्र्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उहाँले ठेक्का तोड्ने आफ्नो इच्छाको विषय भन्दा पनि बाध्यता भएको बताउनुभएको हो । उहाँले अब नबन्ने ठेक्का तोड्दै जाने समेत चेतावनी दिनुभयो । घिसिङकाअनुसार रिजल्टबेसमा जानकै लागि ठेक्का तोड्नुपरेको हो । घिसिङले रिजल्ट दिन नसक्ने प्रोजेक्ट म्यानेजरलाइ पनि कारबाही गरिनुपर्ने बताउनु भयो । बजेट खर्च गराउने काममा अर्थमन्त्रालय, विभागिय मन्त्रालयबाट समेत धेरै समस्या रहेकाले त्यसको समाधान खोजिनुपर्ने उहाँको भनाइ छ ।






