घानाले ईशासन प्रक्रियाहरू विस्तार गर्न नयाँ प्रणाली शुरु गरेको छ । जसले राष्ट्रिय सुरक्षा, बसाइँसराई व्यवस्थापन र नागरिक अधिकारसँग सम्बन्धित सेवाहरूलाई डिजिटल रूपमा पहुँचयोग्य बनाउँछ । प्रणाली शुरु गर्ने आन्तरिक मन्त्री मुन्ताका मोहम्मद मुबारकले आन्तरिक मन्त्रालय अनलाइन डिजिटल सेवा पोर्टलले सरकारको आधुनिक, सुरक्षित र समावेशी डिजिटल अर्थतन्त्रको दृष्टिकोणलाई समर्थन गर्ने बताउनु भयो । जसमा सार्वजनिक सेवाहरू पहुँचयोग्य, पारदर्शी र प्रत्येक घानावासीको आवश्यकताहरूप्रति उत्तरदायी छन् ।






