गौतम बुद्धको जन्मस्थल लुम्बिनी अहिले आफ्नो परम शान्ति र प्राकृतिक सुन्दरताको उत्कर्षमा छ । जाडोको मधुर मौसममा यहाँको पवित्र बगैंचा हरियालीले ढाकिएको छ । जहाँ मायादेवी मन्दिरको सेतो संरचना शान्त पोखरीको किनारमा झल्किरहेको देखिन्छ । अनन्त शान्तिको ज्वाला निरन्तर बलिरहेको छ । जसले वरपरको वातावरणलाई झन् रहस्यमय र आध्यात्मिक बनाउँछ । अन्तर्राष्ट्रिय मठ क्षेत्रहरूमा विभिन्न देशका भव्य मठहरू चिटिक्क परेका छन् । थाई, चिनियाँ, जापानी र जर्मन मठहरूको रंगीन वास्तुकला र सुन्दर बगैंचाहरूले लुम्बिनीलाई विश्व शान्तिको प्रतिक बनाएका छन् ।






