कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालको कृषि क्षेत्रलाई समावेशी, जलवायु उत्थानशील र दिगो बनाउन सरकार पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ । ललतिपुरमा सोमवार आयोजित नेपाल फुड फोरम २०२५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री परियारले कृषिलाई राष्ट्रिय आर्थिक विकासको शक्तिशाली इन्जिन बनाउने दृढ संकल्प व्यक्त गर्नुभएको हो । उहाँले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ८० औँ वार्षिकोत्सवका अवसरमा दोस्रो नेपाल फुड फोरम सफलतापूर्वक आयोजना गरेकोमाधन्यवाद दिनुभयो । सरकारले कृषि लगानी दशक (२०२४–२०३४) घोषणा गरेको स्मरण गराउँदै मन्त्री परियारले कृषि क्षेत्रमा लगानी बढाएर संरचनात्मक आर्थिक रूपान्तरणलाई तिब्रता दिने प्रतिवद्धता दोहो¥याउनु भयो ।






