नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा बन्दसत्र जारी रहेको छ । शनिवार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आईतवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको हो । महाधिवेशनमा देशभरबाट निर्वाचित र मनोनित गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुभएको छ भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ । नेतृत्व चयन मुख्य आकर्षण रहेको यो महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।






