नेपाली काँग्रेसले पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रिय कार्यसमितिको बैठकले पूर्वमन्त्री उपाध्यायको निधनमा शोक प्रश्ताव पारित गरेको हो । नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धा उपाध्यायको ९१ वर्षको उमेरमा क्यान्सरका कारण गत शनिवार निधन भएको थियो । उपाध्याय २०५१ सालमा राष्ट्रिय सभा सदस्य र तत्कालिन मोरङ क्षेत्र नम्बर १ बाट दुई पटक निर्वाचित सांसद समेत हुनुहुन्थ्यो । २०५६ सालको उपनिर्वाचनमा निर्वाचित भएपछि उहाँ शिक्षामन्त्री बन्नुभएको थियो । उपाध्यायले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि जित हाँसिल गर्नुभएको थियो ।






