नेकपा (एमाले) ले महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अझै प्रयास गर्ने जनाएको छ । सोमबार अपरान्ह सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीको ११ औ राष्ट्रिय महाधिवेशन प्रचार तथा प्रसार समितिकी संयोजक एवं निःवर्तमान सचिव पदमा अर्यालले सो कुरा बताउनुभएको हो । उहाँले मनोनयनको काम सम्पन्न भएपछि पार्टीको मूल नेतृत्वदेखि तलसम्म नै सर्वसम्मतिको निम्ति प्रयास गर्ने कार्यतालिका रहेको बताउनु भयो । महाधिवेशनमा केपी ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ भने ईश्वर पोखरेलको पनि सोही पदमा उम्मेदवारी परेको छ ।






