अमेरिका, युक्रेन र युरोपेली देशहरूले रुस–युक्रेन युद्ध अन्त्य गर्न प्रस्तावित २० बुँदे शान्ति योजना मस्यौदाका ९० प्रतिशत मुद्दामा सहमति हासिल गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । यो दाबी दुई जना वरिष्ठ अमेरिकी अधिकारीहरूले गरेका हुन् । यो प्रगति बर्लिनमा भएको दुई दिने वार्तापछि आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दुत स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुशनरले आईतवार र सोमवार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की तथा युरोपेली नेताहरूसँग शान्ति सम्झौताबारे छलफल गरेका थिए ।






