सुनसरीका ग्रामीण क्षेत्रका पत्रकार तथा फोटो पत्रकारहरूको व्यावसायिक सीप विकास गर्ने उद्देश्यले दिगो पर्यटन परियोजनाअन्तर्गत आयोजित एकदिने आधारभुत फोटो पत्रकारिता तालिम सफलतापूर्वक सम्पन्न भएको छ । इटहरीस्थित त्रियुगा होटलमा बिहीवार सम्पन्न यो कार्यक्रममा जिल्लाका विभिन्न ग्रामिण भेगबाट २१ जना पत्रकार तथा फोटो पत्रकारहरूको उत्साहपूर्ण सहभागिता थियो । अनुभवी प्रशिक्षक तथा फोटो पत्रकार ओमप्रकाश यादवको नेतृत्वमा सञ्चालित तालिममा वन्यजन्तु तथा प्रकृति फोटोग्राफीका आधारभुत सीप, क्यामेरा सेटिङ, प्रकाश व्यवस्थापन, कम्पोजिसनका सिद्धान्तहरू, फोटोमार्फत कथा भन्ने कला र पत्रकारितामा फोटोको महत्वजस्ता विषयमा व्यवहारिक प्रशिक्षण दिइएको थियो । सहभागीहरूले फिल्ड अनुभवसहितका उदाहरणीय प्रश्तुति, अन्तरक्रिया र हातेखुट्टाले अभ्यासबाट नयाँ ज्ञान तथा सीप हासिल गरेको बताएका छन् ।






