उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताउनुभएको छ । चितवनमा शनिवार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको बताउनु भयो । राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै देशलाई परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा जुन किसिमको राजनीति छ त्यो राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको बरु बाटोमात्रै समातेको जिकिर गर्नुभयो । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्न नसक्ने बताउनु भयो ।






