विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ । काठमाडौंको टुंडिखेलमा ध्यान र योग गरेर विश्व ध्यान दिवस मनाइएको छ । ध्यान कार्यक्रममा बोल्दै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले ओशो तपोवनमा अहिले पनि हाल पनि करिव ६० देशका मानिसहरु आएर ध्यान गर्ने गरेको बताउनु भयो । ध्यान र योगको आवश्यकता नेपाल भन्दा पनि विकसित देशहरुमा रहेको बताउनु भयो । ध्यान र योगको विकासका लागि नेपाल सरकारले पनि सहयोग गर्न जरुरी रहेको बताउनु भयो । योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय नेपालमा आवश्यक रहेको बताउनु भयो ।






