राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिरासतबाट बाहिर आएको भोलिपल्ट आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता गर्नुभएको छ। सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो औपचारिक भेट हो। पार्टीका नेताहरु डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र सोविता गौतम सहित बालुवाटार पुगेका लामिछाने सहितको टोलीले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै ‘जेन-जी’ (Gen-Z) आन्दोलनका क्रममा उठेका मागहरू सम्बोधन गर्न आग्रह गरेको छ। साथै नेताहरुले संघीय निर्वाचनमा मतदान तथा उम्मेदवारीको उमेर हद घटाउन प्रक्रिया अगाडी बढाउन आग्रह गरेको छ।





