राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा, राजनीतिक दल र जेन-जी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ । सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वपक्षीय बैठकमा बोल्दै सो पार्टीका नेता राजेन्द्र गुरुङले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको नयाँ समझदारीबाट मात्रै हुने निर्वाचनले मुलुकलाई निकास दिने बताउनुभएको हो । उहाँले निषेधको राजनीतिले मुलुकलाई अघि बढाउनसक्ने अवस्था नभएकाले पनि आफ्नो पार्टीले मुख्य शक्तिहरुबीचको नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउनेगरी सो मार्गचित्र प्रश्तुत गरेको समेत बताउनु भयो ।






