सन् २०२५ भर भन्सार शुल्कले युरोपको आर्थिक परिदृश्यलाई पुनः आकार दिएको छ । वाह्य धक्काको रूपमा शुरु भएको यो प्रभावले यस क्षेत्रको व्यापारिक स्थितिलाई निरन्तर कमजोर बनाउँदै आन्तरिक असन्तुलनलाई अझ फराकिलो बनाएको छ । अमेरिकी भन्सार शुल्कले उद्योग र आपूर्ति श्रृंखलाहरूमा नकारात्मक प्रभाव पारेपछि वर्षको शुरुवाती सामान्य सुधारका बाबजुद युरोजोनको आर्थिक गति सुस्त भएको छ । कुल गार्हस्थ्य उत्पादन पहिलो त्रैमासिकमा अघिल्लो तीन महिनाको तुलनामा ०.६ प्रतिशतले बढेको थियो । जुन दोस्रो त्रैमासिकमा ०.१ प्रतिशत र तेस्रोमा ०.३ प्रतिशतमा खुम्चिएको छ । यसले कमजोर व्यापार प्रवाह र बढ्दो अनिश्चिततालाई प्रतिबिम्बित गर्दछ । यसको सबैभन्दा गम्भीर प्रभाव यस समूहका ठूला अर्थतन्त्रहरूमा देखिएको छ ।






