सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा पुगेर मन्त्री खरेलले छुट्टै भेट गर्नुभएको हो । सञ्चारमन्त्रीको सचिवालयकाअनुसार यो भेट निर्धारित कार्यक्रमअनुसार भएको हो । यसअघि खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्जस्थित निवासमा भेट्नुभएको थियो । शुक्रवार नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा भेट्ने तालिका रहेको छ ।






