संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताउनुभएको छ । सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन उद्योगलाई उद्योगको रुपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरुलाई हाल भएको कानुनले नदिएको उल्लेख गर्नुभयो । यसलाई सहजीरकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले हाल ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकहरुले होटलहरु खचाखच भरिएको बताउनु भयो ।






