• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन

नीतिप्रेस by नीतिप्रेस
December 30, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई दुब्लाहरुको गठजोड भनि टिप्पणी गर्नुभएको छ ।
एमाले जस्तो बलियो पार्टीसँग मुकाविला गर्न दुब्लाहरुले सहकार्य गर्नुपरेको ओलीका जिकिर थियो । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेलाई सिंहको संज्ञा दिँदै त्यसलाई कुखुरा, बाख्रा रख स्यालले मोर्चा गरेर जित्न नसक्ने बताउनु भयो । अध्यक्ष ओलीले काँग्रेस, एमाले जस्तो विशाल पार्टी लड्नका लागि दुब्लाहरुले जो कोहीसँग पनि निरन्तर सहकार्य र एकताको कुरा गरिरहेको दावी समेत गर्नुभयो । उहाँले को लोकप्रिय छ भन्ने कुरा परीक्षण आगामी निर्वाचनबाट हुने समेत बताउनु भयो । अध्यक्ष ओलीले लोकतन्त्र पराजित नहुने भएकाले आफूहरुले आगामी निर्वाचनमा विजय सुनिश्चित भएको जिकिर समेत गर्नुभयो ।
उहाँले भन्नुभयो,अहिले लोकप्रियता, अलोकप्रियताका अनेक विवादहरु, सृजना गरिएका अनेक भाष्यहरुको व्यवस्थित जवाफ एमालेका महाधिवेशनले दिएको छ । अर्को देशका को बढी लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्म नै रहन्छ । प्रधानमन्त्री बनाइसके मान्छेले घरैमा । हामी चुनाव पर्खिराखेका छौँ । कहिले होला ? फागुन २१ मा होला ? वा वैशाखमा होला । वा अर्को मंसीरमा होला। हामी चुनाव पर्खिरहेका छौ । जस्तो महाधिवेशनबाट हामीले धेरै कुराको जवाफ दिएका छौ । त्यस्तै निर्वाचनबाट पनि राष्ट्रिय फैसला दिनेछौँ । त्यसका लागि हामीतयार छौँ भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ । पूर्ववक्ता साथीहरुले भनेजस्तै लोकतन्त्र अजेय छ , अपराजय छ । यसलाई कसैले पराजित गर्न सक्दैन । यसलाई कसैले जित्न सक्दैन । लोकतन्त्रले नै जित्छ । खेलमा खेलाडीहरु मध्ये एउटा जुडोको खेल भयो भने कुन खेलाडी कतिखेर पछारिन्छ, कुन खेलाडी कतिवेर पछारिन्छ । तर, उत्कृष्ट खेलाडीले जित्छ । अहिले त्यस्तो स्थिति पनि होइन । यसो हेर्छन–विशाल एमाले देखेपछि अनि तिमी र म मिल्यो भनेको छ, तिमी र म मिलौ भनेको छ । ऊ सँग पनि मिलौ भनेको छ । यसो हे¥यो विशालकाय एमाले छ । भिँड्नु त्योसँग छ । अनि लौन मिलू भनेर …। अनि कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको शिकार हुन्छ ? मुकाविला हुन्छ ? यसो हेर्छन–नेपाली काँग्रेस छ । छेउमा नगइन्जेल त मजानै छ । छेउमा गएपछि हाग्रो पार्छ नि नेपाली काँग्रेसले पनि । त्यो पनि हेर्छन । त्यसो भएपछि मोर्चा गर्न थाल्दछन् । दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लडनका लागि दुब्लाले एकताका कुरा गर्दछन । आज पनि अर्को एकता हुन्छ रातिसम्ममा । अस्ति पनि एकता भयो, हिजो पनि एकता भयो । आज पनि हुन्छ, भोली पनि हुन्छ । अनि दुई चार जना, दुई चार जना मिलेर घैँटामा बोकेको पानीले महासागरसँग जति मोर्चा गरेपनि कसरी होला ? त्यही तयारी नेकपा एमालेको एघारौं महाधिवेशनले गरेको छ । नेपाली काँग्रेस पनि त्यसैगरी स्पष्टताका साथ तयारी गर्न चाहिरहेको छ ।
अध्यक्ष ओलीले घैंटाको पानीले महासागरसँग प्रतिष्पर्धा गरेजस्तो एमालेसँग सहकार्यमा रहेका पार्टीले गर्नुपर्ने दाबी समेत गर्नुभयो ।

Previous Post

ठेक्का तोड्नु बाध्यता होः मन्त्री घिसिङ

Next Post

भारतको औद्योगिक उत्पादन नोभेम्बरमा ६.७ प्रतिशतले बढ्यो

Next Post

भारतको औद्योगिक उत्पादन नोभेम्बरमा ६.७ प्रतिशतले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन