चीनले मंगलवार उत्तरपश्चिमी क्षेत्रमा अवस्थित जिउक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट एउटा नयाँ भूउपग्रह अन्तरिक्षमा पठाएको छ । बेइजिङ समयअनुसार दिउँसो १२ः१२ बजे लङ मार्च४बी रकेटमार्फत प्रक्षेपण गरिएको टियानहुई ७ भूउपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ । यस भूउपग्रहको प्राथमिक प्रयोग भौगोलिक नक्शाङ्कन, भूमि संशाधन सर्वेक्षण र वैज्ञानिक अनुसन्धान जस्ता कार्यहरूमा गरिने बताइएको छ । यो सफल प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ६२२ औँ उडान मिशन हो ।






