नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकटमा नेपाल आउनेहरुलाई सोहीअनुसारको सेवा सुविधा अध्यागमनमा दिनुपर्ने बताउनुभएको छ । विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सुविधा अध्यागमनमा नपाएको गुनासाहरु आएको भन्दै उहाँले सोही अनुसारको सेवा सुविधा दिन सरकारसँग आग्रह गर्नुभयो । ढकालकाअनुसार प्रिमियम तिरेका यात्रुलाई सोहीअनुसारको सेवा नदिँदा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने र त्यसले पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष असर पारिरहेको हुन्छ ।






