अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै नेपालीलाई जोड्नसक्ने एकताको प्रतिक राष्ट्रिय झण्डा रहेको बताउनुभएको छ । राष्ट्रिय पोशाक दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय झण्डाप्रति सबैको सम्मान र गरिमा रहेको बताउनु भयो । उहाँले देशको पहिचान जोगाउन सबै लागिपर्नुपर्ने बताउनु हुँदै विश्वमा देशको पहिचान जोगाउनुपर्ने बताउनु भयो ।






