अमेरिकाले शनिवार एक अभियान शुरु गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासमा नियन्त्रणमा लिएको छ । भेनेजुएलामा भएको पछिल्लो अमेरिकी आक्रमणले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको छ । धेरै देशका मानिसहरूले यस कदमको विरोध र निन्दा गर्न सडकमा उत्रिएका छन् । अहिले ल्याटिन अमेरिकामा अमेरिकी वर्चश्व पूरा गर्ने योजना खुल्दैछ । यद्यपि उनीहरूले लागुऔषध ओसारपसार विरुद्ध लड्ने लक्ष्य राखेको दाबी गरे पनि उनीहरूको मनसाय स्पष्ट छ । राष्ट्रपति ट्रम्प आफैंले भनेका छन्ः उनीहरू भेनेजुएलाको खनिज सम्पत्ति दोहन गर्न चाहन्छन् ।






