Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कच्चा पदार्थमा लाग्दै आएको भ्याट खारेज गर्न माग

नीतिप्रेस by नीतिप्रेस
January 7, 2026
in समाचार
0
कच्चा पदार्थमा लाग्दै आएको भ्याट खारेज गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कच्चा पदार्थमा लाग्दै आएको भ्याटले निर्यातजन्य उद्योगलाई निरुत्साहित गरेको भन्दै त्यसलाई हटाउनुपर्ने निजी क्षेत्रका अगुवाहरुले बताएका छन् । नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण सभा एवं १० औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा निजीका प्रतिनिधिहरुले निर्यात उद्योगमा परिरहेको असरका बारेमा राज्य गम्भीर रहन जरुरी रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले कच्चा पदार्थमा लाग्दै आएको भ्याट हटाएर निर्यात उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार उद्योगमा चाहिने कच्चा पदार्थ धेरै जसो विदेशबाट ल्याउनुपर्ने र नेपाली कच्चापदार्थमा भ्याट लगाएर निर्यात व्यापारलाई निरुत्साहित गरिनु हुँदैन ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो–‘उद्योगमा चाहिने कच्चा पदार्थ धेरै जसो विदेशबाट ल्याउनुपर्ने र नेपाली कच्चापदार्थमा भ्याट लगाएर निर्यात व्यापारलाई निरुत्साहित गरियो भन्ने कुरा छ । यसमा पुनरावलोकन गर्नुपर्छ । भ्याटलाई हटाउनुपर्छ । लजिस्टीक कस्ट ३५ प्रतिशतसम्म लाग्दै आएको छ । ट्रान्जिट कस्ट पनि अरु देशमा १ महीनामा हुनेमा हाम्रोमा २ महीना लाग्ने गरेको छ ।यसलाई कसरी कम गर्न सकिन्छ भन्ने कुरामा राज्यको ध्यान पुग्नुपर्छ ।
नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई अघि बढाउन स्वदेशी उत्पादन बढाउन जरुरी छ । उहाँकाअनुसार स्वदेशी उद्योगबाट उत्पादित वस्तुको खपत बढाउने नीति सरकारले लिनुपर्छ ।
अध्यक्ष पाण्डेले भन्नुभयो– ‘वाह्य क्षेत्र राम्रो देखिएपनि आन्तरीक रुपमा निकै समस्या छ । उद्योगहरु न्युन क्षमतामा सञ्चालन भइरहेका छन् । चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई अघि बढाउन स्वदेशी उत्पादन बढाउन जरुरी छ । खपत बढाउने नीति लिनुपर्छ । स्वदेशी वस्तुको अधिकतम प्रयोग गर्नुपर्छ । यस्तो नीतिले नै अर्थतन्त्र बलियो बनाउछ । आत्मनिर्भर अर्थतन्त्रका लागि विशेष अभियान संचालन गर्नुपर्छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका उपाध्यक्ष, सुरेन्द्रकुमार श्रेष्ठले उत्पादनदेखि बजारीकरणमा रहेको निजी क्षेत्रलाई उकास्न राज्यले जोड दिनुपर्ने बताउनु भयो । उहाँकाअनुसार, निर्यातमुखी उद्योगलाई राज्यले विशेष सहुलियत दिएर अघि बढाउनुपर्छ ।
उपाध्यक्ष श्रेष्ठले भन्नुभयो निजी क्षेत्रले अहिलेसम्म पुँजी लगानी गर्ने वातावरण बन्नसकेको छैन । यस्तो अवस्थामा विदेशीले कसरी नेपालमा लगानी गर्छन् ? गम्भीर प्रश्न बनेको छ । आज अर्थतन्त्रको झन्डै ८१ प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको छ । उत्पादनदेखि बजारीकरण, निर्यातमुखी उद्योगसम्म निजी क्षेत्र नै अर्थतन्त्रको प्रमुख चालक बनेको छ । यस्तो अवस्थामा निर्यातमुखी व्यवसायीको हक हित संरक्षण हुनुपर्छ । हाल अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक छैनन् । बैंक तथा वित्तिय संस्थामा पर्याप्त लगानी योग्य रकम हुँदाहुँदैपनि कर्जा विस्तार हुन सकेको छैन । यसको स्पष्ट अर्थ हो मुलुकमा लगानीमैत्री बातावरण बन्न सकेको छैन । निजी क्षेत्रमा विश्वासको अभाव छ । जेनजी आन्दोलनपछि मुलुकको अर्थतन्त्र कठिन अवस्थामा ग्रुजिरहेको छ ।
अहिलेपनि उद्योगहरु लगानीयोग्य रकमको अभावमा छट्पटिनु परिरहेको बताउँदै श्रेष्ठले बैंकमा थ्रुप्रिएको लगानी योग्य रकमलाई सही रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

Previous Post

राष्ट्रिय सभा निर्वाचनः काँग्रेस, ९, एमाले ८ र लोसपालाई १ सिट

Next Post

मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल

Next Post
मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल

मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन