महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले बाल सुधार गृहको व्यवस्थापनमा सरकारले आवश्यक काम गरिरहेको बताउनुभएको छ ।
मंगलवार पोखरामा स्थानीय र प्रदेशमा हस्तान्तरण भएका कार्यक्रमहरुको जानकारी, कार्य सञ्चालन तथा समीक्षा सुधार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाल सुधार गृहहरुको संरचना निर्माण, व्यवस्थापनमा आफूहरु लागि परेको बताउनु भयो । मन्त्रालयको १० वर्षे कार्ययोजना पनि पास भइसकेको र कार्यान्वयनको चरणमा रहेको बताउनु भयो । नुवाकोटमा बालसुधार गृहको व्वयस्थापन कार्यक्रम अघि बढिसकेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘बाल सुधार गृह सुधारका लागि काम गरिरहेका छौँ । प्रदेशमार्फत अपांगता, रोकथाम र पुनःस्थापनाका लागि रकमान्तरको कार्यक्रम पनि अघि बढाइरहेका छौँ । कोशी, कर्णाली र लुम्बिनीमा यि कार्यक्रमहरु अघि बढाइएको छ । नुवाकोटमा बालसुधार गृहको व्वयस्थापन कार्यक्रम अघि बढिसकेको छ । १० वर्षे कार्ययोजना पनि पास भइसकेको छ ।
मन्त्री श्रेष्ठले अनुगमन कमजोरी औंल्याउने मात्र नभइ सुधार गरेर अघि बढ्ने प्रक्रिया पनि भएको बताउनु भयो ।






