नेपाली काँग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नुभएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ ।
शनिवार काठमाडौंमा बसेको पार्टीको नव निर्वाचित केन्द्रिय कार्य समितिको बैठकले देउवाले पार्टीमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै आभार व्यक्त गरेको हो । उहाँले पार्टीमा पु¥याउनु भएको योगदानको मूल्यांकन गर्दै बैठकले आभार व्यक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । त्यसैगरी बैठकले पदमा नरहेर पनि पार्टीमा नेतृत्व प्रदान गर्दै आएका नेताहरुबाटआगामी दिनमा पनि अभिभावकीय भुमिका अझ बढि सक्रिय भएर लाग्न आग्रह गरेको छ । बैठकले कुनैपनि अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेको प्रवक्ता चालिसेले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो अवस्थामा विशेष गरेर पार्टीमा निश्क्रिय रहनु भएका हाम्रा साथीहरु, विभिन्न कारणले पार्टी छाड्नु भएका साथीहरुलाई हामी फेरी पनि पार्टीमा जोडिनका लागि यो बैठकले आह्वान गरेको छ । राजनीतिमा चासो राख्दै यसको माध्यामबाट देशले परिवर्तन गर्न सक्छ भन्ने मान्यतामा विश्वास गरेर नेपालीकाँग्रेसका ेनेतृत्वमा अगाडि बढने प्रक्रियामा साथ र सहयोगका लागि देशवासीहरुबाट साथ प्राप्त हुने विश्वास पनि यो बैठकले राखेको छ । त्यसै गरेर विशेष गरी हाम्रा आदरणीय पूर्वसभापति श्री शेरबहादुर देउवाज्यूले लामो समयसमम नेपाली काँग्रेसको नेतृत्व लिनु भयो । योगदान पु¥याउनुभयो । उहाँको हार्दिकतापूर्वक उच्च कदर गर्दै उच्च मूल्यांकन गर्दै उहाँका प्रति हार्दिक आभार व्यक्त गर्ने निर्णय यो बैठकले गरेको छ । र, उहाँका प्रति आगामी दिनमा यो केन्दिय समिति र नेपाली काँग्रेसलाई आदरणीय शेरबहादुर देउवाज्यूको अभिभावकीय भूमिका प्राप्त हुने विश्वास हामीले राखेका छौ । यसै गरेर हाम्रा अग्रज नेताहरु जो हाम्रा पार्टीको विभिन्न पदमा हुनुहुन्न । तर पनि पार्टीको नेतृत्व दिईआउनु भएको छ । सबै आदरणीय नेताहरुको भूमिकालाईअझ बढि सक्रियताका साथ पार्टीमा लागिरहनु पनि हामीले अनुरोध गरेकाछौ । अन्त्यमा नेपाली नागरिकप्रतिको आफ्नो अटल प्रतिवद्धतालाई पुन दोहो¥याउन चाहन्छ कि अव कुनै अप्राकृतिक गठबन्धन वा सत्ता केन्द्रित सम्झौता हामी गर्ने छैनौ भनेर फेरी पनि हामीले कमिटमेन्ट गरेका छौ । सबै सदैव मूल्य र सिद्धान्तमा अडिग रहनेछौ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्नेछौ । नव युवाको आकांक्षा विशेष गरेर जेनजी आन्दोलनपछि नव युवाको जुन आकांक्षा छ । त्यो आकांक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षालाई साकार पार्न यो बैठकले आफ्नो दृढता व्यक्त गरेको कुरा यहाँहरु समक्ष निवेदन गर्न चाहन्छु ।
बैठकले मुलुकलाई समृद्ध बनाउने नेतृत्व आफूहरुले गर्ने भन्दै साथ दिन पनि सबैमा अपिल गरेको छ ।






