• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारद्वारा नेपाली सेनाका एक महासेनानी सहायक रथीमा बढुवा

नीतिप्रेस by नीतिप्रेस
January 18, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ ।
आईतवार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिनुभएको हो । उहाँकाअनुसार एक जना सहायक रथीको सरुवा गरिएको छ । बैठकले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ३६ लाख २१ हजार ९ सय ८३ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार स्वच्छ वायु तथा समृद्धि परियोजनाका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता प्राप्त गर्ने विषयमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । बैठकले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको उहाँले बताउनु भयो । नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत जियोलोजी समूह, हाइड्रो–जियोलोजी उपसमूहका राप प्रथम श्रेणीका अधिकृत देवकुमार स्याङ्वोलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय वा मातहतको निकायमा पदस्थापन गर्ने निर्णय भएको छ । जलस्रोत तथा सिंचाई विभागमा कार्यरत सुपरिटेन्डिङ इन्जिनियर सुशिलकुमार देवकोटाले पेश गरेको राजीनामा स्वीकृत गरिएको छ । सहकारी क्षेत्रमा देखिएका बेथितिसम्बन्धी छानबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा ‘सहकारी जाँचबुझ आयोग २०८२’ गठन गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा रौतहटका मोहम्मद सफी उल्लाहलाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ । अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिताअन्तर्गत, २०८२ फागुन १२ गते जापानको टोकियोमा आयोजना हुने जापान–नेपाल इम्प्लोयमेन्ट कन्फ्रेन्सको दोस्रो संस्करणमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई स्वीकृति प्रदान गरिएको छ । २०८२ फागुन ४ देखि ७ गतेसम्म भुटानको थिम्पुमा आयोजना हुने ‘सेकेन्ड माउन्टेन कनेक्ट इन्टर–रिजनल वर्कसप’ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति दिइएको छ ।
त्यसैगरी, २०८२ फागुन १२ देखि १५ गतेसम्म थाइल्याण्डमा आयोजना हुने १३औँ एसिया–प्रशान्त सतत विकास फोरममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने निर्णय गरिएको छ ।
माघ २ गते बसेको मन्त्रीपरिषद्को बैठकका निर्णयहरु
मानव–बाघ अन्तरसम्बन्धन व्यवस्थापन परियोजनको लागी विश्व वातावरण सुविधावाट विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने अमेरिकी डलर ३६ लाख २१ हजार ९ सय ८३ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।
स्वच्छ वायू तथा सम्वृद्धि परियोजनाको लागी सहुलियतपुर्ण ऋण तथा अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा विश्व बैकसंग वार्त गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोलि गठन गर्ने निर्णय भएको छ ।
नेपाल ईन्जिनियरिङ सेवा जियोलोजी समुह हाईड्रो जियोलोजी उपसमुह राप प्रथम श्रेणीका अधिकृत श्री देवकुमार स्याङ्वोलाई उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय वा त्यसअन्र्तगत पदस्थापन गर्ने निर्णय भएको छ ।
उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय अन्र्तगत जलस्रोत तथा सिँचाई विभागमा कार्यरत सुपरिटेन्डिङ ईन्जिनियर श्री सुशिल कुमार देवकोटाले पेश गर्नुभएको राजिनामा स्वीकार गर्ने निर्णय भएको छ ।
बुढीगण्डकी जलाशाययुक्त जलविधुत आयोजनाको वित्तिय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरिएको छ ।
उच्च अदालतका पुर्व न्यायधिश श्री विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको वेतिथिसम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्नेृ निर्णय भएको छ ।
नेपाली सेनाका एक जना सहायक रथीको सरुवा गर्ने र एक जना महासेनानीको सहायक रथीमा बढुवा गर्ने निर्णय भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा श्री महोमद सफी उल्लाह रौतहटलाई मनोनयन गर्ने निर्णय भएको छ ।
२०८२ फागुन १२ मा जापानको टोकियोमा आयोजना हुने जापान नेपाल ईम्प्लोयमेन्ट कन्फ्रेन्सको दोस्रो संस्करणमा सहभागी हुन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा दिपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।
२०८२ फागुन ४ देखी ७ गतेसम्म भुटानको थिप्पुमा संचालन हुने सेकेन्ट माउन्टेन कनेक्ट ईन्टररिजनल वर्कसप कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाश कुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।
२०८२ फागुन १२ देखी १५ गतेसम्म थाईल्याण्डमा आयोजना हुने १३ औँ प्यासिुफिक फोरम अन सस्टनएवल डेभलवमेन्ट (एपीएफएसडी) मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाश कुमार श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

Previous Post

पावर टे«डर र प्रशारण लाइन अपरेटरको हिसावले निजी क्षेत्रलाई भित्राउन सकिन्छः शाक्य

Next Post

सञ्चारमन्त्रीको स्पष्टोक्तिः उम्मेदवार बन्ने/नबन्नेबारे निर्णय लिएको छैन

Next Post

सञ्चारमन्त्रीको स्पष्टोक्तिः उम्मेदवार बन्ने/नबन्नेबारे निर्णय लिएको छैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन