• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाली काँग्रेसको संकटको श्रृंखलाः उत्तरार्द्धको पार्टी परित्यागदेखि देउवाको वर्तमान संकटसम्म

नीतिप्रेस by नीतिप्रेस
January 19, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अनुपम भट्टराई/न्युज एजेन्सी नेपाल
नेपाली काँग्रेस नेपालको सबैभन्दा पुरानो र प्रजातान्त्रिक आन्दोलनको प्रमुख धरोहर हो । २००६ सालमा स्थापित यो दलले राणाशासनको अन्त्य, पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, २०४६ को जनआन्दोलन र २०६२÷६३ को आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेको छ । तर पार्टीको यो गौरवपूर्ण इतिहास गुटबन्दी, व्यक्तिगत महत्वाकांक्षा, परिवारवाद र आन्तरिक द्वन्द्वले कलंकित पनि बनेको छ । विशेषगरी बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछिको उत्तराद्र्ध (२०४७ यता) मा यी द्वन्द्वहरूले प्रमुख नेताहरूको पार्टी परित्याग, निष्कासन र ठूला विभाजनको रूप लिएका छन् । गिरिजाप्रसाद कोईरालाको नेतृत्वकालमा परिवारवादले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता ऐतिहासिक व्यक्तित्वहरूलाई अलग बनायो । शेरबहादुर देउवा आफैं निष्कासित भएर अलग दल बनाएर फर्किए । र अब, २०८२ मा गगन थापा पक्षले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि देउवा पक्ष लगभग निष्कासित जस्तै भएको छ । यो संकटको श्रृंखलाले काँग्रेसको एकता र प्रजातान्त्रिक छविमाथि गम्भीर प्रश्न उठाएको छ ।
पार्टीको प्रारम्भिक विभाजनहरूको पृष्ठभुमि
काँग्रेसको इतिहासमा विभाजन नौलो होइन । स्थापनाको छोटो समयमै २००९ सालमा मातृकाप्रसाद कोइैराला र वीपी कोईराला बीचको मतभेदले पार्टी चार टुक्रा भएको थियो । मातृकाले अलग दल गठन गरे तर ती दलहरू लामो समय टिकेनन् । वीपीको नेतृत्व बलियो रह्यो । यो विभाजन मुख्यतः संविधानसभा निर्वाचन र दरबारसँगको सम्बन्धमा केन्द्रित थियो । तर बहुदलीय व्यवस्थापछिका विभाजनहरू व्यक्तिगत गुटगत द्वन्द्व, परिवारवाद र नेतृत्वको एकलकाँटे शैलीमा बढी आधारित भए । गिरिजाप्रसाद कोईरालाको प्रभुत्वकालमा कोईराला परिवारको प्रभावले धेरै वरिष्ठ नेताहरूलाई असन्तुष्ट बनायो । जसको परिणाम उत्तराद्र्धमा प्रमुख नेताहरूको पार्टी परित्याग भयो ।
गणेशमान सिंहको पार्टी परित्यागः नैतिक विद्रोहको प्रतिक
नेपाली काँग्रेसका ‘लौह पुरुष’ गणेशमान सिंह २०४६ को जनआन्दोलनका सर्वोच्च नेता थिए । उनले गिरिजाप्रसाद कोईरालालाई प्रधानमन्त्री बनाउन आफैं पछि हटेका थिए । तर २०४८ मा कोईराला सत्ता र पार्टीमा प्रभुत्व जमाएपछि परिवारवाद, भ्रष्टाचार र निरंकुश शैली बढ्यो । सिंहले यी प्रवृत्तिलाई प्रजातन्त्रको लागि खतरा ठाने । उनले पार्टीका नेताहरू व्यक्तिगत लाभ र आर्थिक समृद्धिमा लागेको, जनता गरिबीमा रहेको आरोप लगाए ।
२०५१ सालमा गणेशमान सिंहले नेपाली काँग्रेसबाट औपचारिक राजीनामा दिए । यो राजीनामा नैतिक विद्रोहको रूपमा चिनिन्छ । राजीनामा दिएपछि उनी सक्रिय राजनीतिबाट अलग भए र २०५४ मा देहान्त भए । उनको यो कदमले काँग्रेसभित्रको आन्तरिक लोकतन्त्रको कमजोरी उजागर ग¥यो र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमाथि ठूलो प्रश्न उठायो । गणेशमानले पार्टी छोडे पनि उनको योगदानलाई कांग्रेसले सधैँ सम्मान गर्छ । तर उनको परित्यागले उत्तराद्र्धको संकटको शुरुवात भएको मानिन्छ ।
कृष्णप्रसाद भट्टराईको अलगावः सन्त नेता र गुट द्वन्द्वको शिकार
कृष्णप्रसाद भट्टराई (किशुनजी) वीपी कोईरालाका निकटतम सहयोगी थिए । उनी २०४७ मा पहिलो निर्वाचित प्रधानमन्त्री बने र जनआन्दोलनमा महत्वपूर्ण भुमिका खेले । सरल जीवन र नैतिकताका लागि प्रसिद्ध भट्टराईलाई ‘सन्त नेता भनिन्थ्यो । तर गिरिजाप्रसाद कोईरालासँगको द्वन्द्व र परिवारवादका कारण उनले पार्टीबाट अलग भएको घोषणा गरे ।
२०५६ को चुनावमा काँग्रेसले बहुमत ल्याएपछि भट्टराई दोस्रो पटक प्रधानमन्त्री बने । तर कोईराला पक्षको दबाब र गुटबन्दीले ९ महिनामै राजीनामा दिन बाध्य भए । कोईरालाले उनलाई हटाएर आफैं सत्ता सम्हाले । यसपछि भट्टराईले पार्टी बैठकहरूमा भाग लिन छोडे र अलगै बस्ने निर्णय लिए । उनी २०६७ मा देहान्त भए । भट्टराईको यो अलगावले काँग्रेसको आन्तरिक द्वन्द्वलाई थप उजागर ग¥यो र उत्तराद्र्धमा नेताहरूको पार्टी परित्यागको प्रवृत्तिलाई बलियो बनायो ।
शेरबहादुर देउवाको निष्कासन र अलग दल गठन
शेरबहादुर देउवा यो क्रममा फरक छन् । २०५९ मा गिरिजाप्रसाद कोईराला सभापति रहँदा प्रधानमन्त्री देउवाले संसद् विघटन गरे । पार्टीले यो निर्णयलाई परामर्श नगरेको भन्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन ग¥यो । देउवाले आफू स्वेच्छिक रूपमा होइन, पार्टीबाट हटाइएर अलग भएको दाबी गर्छन् । यसपछि उनले नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरे । यो पार्टीको दोस्रो ठूलो विभाजन थियो । २०६४ मा जनआन्दोलनपछि एकीकरण भएर देउवा मूल पार्टीमा फर्किए र सभापति बने । अन्य नेताहरू जस्तै खुमबहादुर खड्का, विजयकुमार गच्छदार पनि विभिन्न समयमा अलग भए वा निष्कासित भए ।
हालको विभाजनः गगन थापाको उदय र देउवाको संकट
२०८२ पुसमा काँग्रेसभित्रको द्वन्द्व चरमोत्कर्षमा पुग्यो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पार्टी सुधार, पुस्तान्तरण र नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशन आह्वान गरे । पार्टी विधानअनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागमा विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान थियो । जसमा ५४–६० प्रतिशत हस्ताक्षर सङ्कलन भएको थियो ।
पुसमा काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत सभापति चयन ग¥यो । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल लगायत नयाँ कार्यसमिति घोषणा भयो । यसअघि देउवा पक्षले थापा, शर्मा र फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि निष्कासन गरेको थियो । जसलाई विशेष महाधिवेशनले खारेज ग¥यो ।
दुवै पक्षले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिए । माघ २ गते आयोगले पार्टी विधान, बहुमत र विशेष महाधिवेशनको वैधानिकताका आधारमा गगन थापा पक्षलाई आधिकारिक मान्यता दियो। आयोगका आयुक्तहरू विभाजित भए । बहुमतले थापा पक्षको पक्षमा निर्णय ग¥यो । यससँगै पार्टीको नाम, चुनाव चिन्ह (रुख), झण्डा र सानेपा कार्यालय थापा पक्षलाई प्राप्त भयो । देउवा पक्षले यो निर्णयलाई ‘पूर्वाग्रही र गैरकानूनी’ भन्दै अस्वीकार गरेको छ । पूर्णबहादुर खड्का जस्ता नेताले विरोध प्रदर्शन गरे र कानुनी लडाइँ (सर्वोच्च अदालतसम्म) को घोषणा गरेका छन् । आयोग परिसरमा दुवै पक्षका धर्ना र नाराबाजी भयो । यो पार्टीको इतिहासको तेस्रो ठूलो विभाजन हो ।
देउवाको वर्तमान परिस्थिति विडम्बनापूर्ण छ । २०५९ मा आफैं निष्कासित भएर अलग भएका देउवा अहिले निष्कासन गर्ने पक्षमा थिए । तर आयोगको निर्णयले उनी लगभग निष्कासित जस्तै बनेका छन् । देउवा पक्षले अलग दल गठन गर्ने वा अदालतबाट निर्णय उल्टाउने प्रयास गर्न सक्छ । तर आधिकारिक चिन्ह र संरचना गुमाएकाले चुनावी चुनौती ठूलो छ ।
यो प्रवृत्तिको कारण र प्रभाव
काँग्रेसको उत्तराद्र्धको यो इतिहासले व्यक्तिगत महत्वाकांक्षा, परिवारवाद र आन्तरिक लोकतन्त्रको अभावले पार्टी बारम्बार कमजोर बनेको देखाउँछ । गणेशमान र भट्टराईको नैतिक परित्यागदेखि देउवाको निष्कासन र हाल गगन पक्षको मान्यतासम्म इतिहास दोहोरिएको छ । यस्ता विभाजनले पार्टीको एकता कमजोर बनाएको छ । चुनावी प्रदर्शनमा असर पारेको छ र प्रजातान्त्रिक मूल्यहरूमाथि प्रश्न उठाएको छ ।
अबको यात्राः अनिश्चितता र नयाँ सम्भावना
फागुन २१, २०८२ को संसदीय निर्वाचन नजिकिँदै छ । गगन थापा पक्षले युवा नेतृत्व, सुधार र एकताको नारासहित निर्वाचन घोषणापत्र समिति गठन गरेर तयारी थालेका छन् । उनीहरूले गुट अन्त्य भएको र पार्टी आम सदस्यको चाहनाले चल्ने दाबी गरेका छन् । देउवा पक्षले मत विभाजन गरे अन्य दललाई फाइदा हुनसक्छ ।
दीर्घकालमा गगन पक्षले पार्टीमा नयाँ जोश ल्याउन सक्छ । तर पुराना नेताहरूको प्रतिरोध रहनेछ । इतिहासले देखाएजस्तै एकीकरण हुनसक्छ । तर अहिलेको रिसरागले कठिन छ । यदि काँग्रेसले आन्तरिक लोकतन्त्र बलियो बनाएन भने यो संकटको श्रृंखला जारी रहनेछ । देउवाको संकटले उनलाई अन्य नेताहरूको जस्तै पार्टी परित्यागको इतिहासमा जोड्छ । अबको यात्रा निर्वाचन परिणाम, कानूनी फैसला र नेताहरूको समझदारीमा निर्भर छ । काँग्रेसले यो संकटबाट पाठ सिकेर बलियो बन्नु नै आवश्यक छ ।

Previous Post

हरि बुढा बने विश्वकै पहिलो डबल एम्प्युटी सेभेन समिट आरोही, अपाङ्गता सचेतनामा नयाँ इतिहास

Next Post

निर्वाचन आयोगमाथि प्रश्न उठ्न थाल्यो, शान्ति सुरक्षा अझै कायम हुन सकेको छैनः ओली

Next Post

निर्वाचन आयोगमाथि प्रश्न उठ्न थाल्यो, शान्ति सुरक्षा अझै कायम हुन सकेको छैनः ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन