• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्की क्षेत्र नम्बर १ मा रास्वपाबाट गनेस पौडेल उम्मेदवार, जेनजी आन्दोलनप्रति जित समर्पित गर्ने अठोट

नीतिप्रेस by नीतिप्रेस
January 19, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य गनेस पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले उम्मेदवारको अन्तिम टुंगो लगाएपछि पौडेलले यसलाई आफ्नो व्यक्तिगत उपलब्धिको रूपमा मात्र नभई एउटा गह्रुँगो जिम्मेवारीका रूपमा लिएको बताएका छन् । कास्कीमा चुनावी सरगर्मी बढिरहेका बेला रास्वपाले युवा नेता पौडेललाई चुनावी मैदानमा उतारेको हो ।

उम्मेदवार चयन भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले यो मनोनयनलाई जितमा बदल्ने संकल्प गरेका छन् । ‘यो मनोनयनलाई जितमा बदल्ने संकल्प लिँदै म जेनजी आन्दोलनका सम्पूर्ण महान शहीदहरू, घाइतेहरू तथा वैकल्पिक राजनीतिको आन्दोलनलाई यहाँसम्म ल्याइपुर्‍याउनु हुने सम्पूर्ण पार्टी सहयात्रीहरूलाई त्यो जित अर्पण गर्ने अठोट व्यक्त गर्न चाहन्छु,उनले भनेका छन् । उनले आफ्नो उम्मेदवारीलाई विश्वास र जिम्मेवारीको बोझका रूपमा व्याख्या गरेका छन् ।

पौडेलले आफूमाथि भरोसा गरेकोमा पार्टी नेतृत्व, सहयात्री र शुभेच्छुकप्रति आभार प्रकट गरेका छन् । यो यात्रा सबैको साथ, सुझाव र आलोचनासँगै अघि बढ्ने बताउँदै उनले परिवर्तनका लागि आफूहरू तयार भएर आएको संकेत गरेका छन् । ‘हामी आउँदैछौँ भन्दै उनले चुनावी अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् । वैकल्पिक राजनीतिको मुद्दा बोकेर चुनावी मैदानमा होमिएका पौडेलले युवा र नयाँ पुस्ताको आवाजलाई सदनसम्म पुर्‍याउने मुख्य एजेन्डा बनाएका छन् । पार्टीको सचिवालय तहमा भएको छलफल र आकांक्षीहरूको मूल्यांकनका आधारमा उनलाई कास्की क्षेत्र नम्बर १ को टिकट दिइएको रास्वपाले जनाएको छ । यस क्षेत्रमा अन्य दलहरूले पनि आफ्ना उम्मेदवारहरू सिफारिस गरिरहेका बेला रास्वपाको यो निर्णयले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

Previous Post

निर्वाचन आयोगमाथि प्रश्न उठ्न थाल्यो, शान्ति सुरक्षा अझै कायम हुन सकेको छैनः ओली

Next Post

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, ललितपुर २ बाट निर्वाचन लड्ने घोषणा

Next Post

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, ललितपुर २ बाट निर्वाचन लड्ने घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन