मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् ।
उनी पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भएकै बेला प्रहरीले नियन्त्रणमा लिएको हो । कास्की जिल्ला प्रहरी कार्यालयकाअनुसार काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि प्रसाईंलाई पक्राउ गरिएको हो । पक्राउ परेका प्रसाईंलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । प्रसाईंमाथि निर्वाचन आयोगसम्बन्धी भ्रामक तथा झुटा सूचना प्रवाह गरेको आरोप लागेको छ । उनले नेपाली काँग्रेसको आधिकारिकता प्रकरणमा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबीसहित भिडियो सार्वजनिक गरेका थिए । सोही आधारमा निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई अनुसन्धान तथा कारबाही अघि बढाउन निर्देशन दिएको थियो ।






