• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रेन्बो एकेडेमिक होम्सको ३०औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
January 23, 2026
in समाचार
1
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा-१५ स्थित रेन्बो एकेडेमिक होम्स माध्यमिक विद्यालयको ३०औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम दुई दिने समारोहका साथ सम्पन्न भएको छ । बुधबार प्रि–नर्सरीदेखि कक्षा ३ सम्म र बिहीबार कक्षा ४ देखि १२ सम्मका विद्यार्थी सहभागी हुने गरी कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा. ईन्द्रप्रसाद तिवारीले विद्यार्थी जीवनबाटै असल संस्कार र व्यवहारिक सीप विकास गर्नुपर्नेमा जोड दिए । प्रविधिको तीव्र विकास भइरहेको वर्तमान सन्दर्भमा शिक्षा किताबी मात्र नभई प्रयोगात्मक हुनुपर्ने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार जुनसुकै देश र परिवेशमा घुलमिल हुन सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु विद्यालय र शिक्षकको मुख्य जिम्मेवारी भएको बताए ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले सक्षम विद्यार्थी निर्माणमा विद्यालय र शिक्षकसँगै अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । व्यस्त जीवनशैलीका बाबजुद पनि छोराछोरीका लागि समय दिन अभिभावक गम्भीर हुनुपर्ने उनको भनाइ थियो । गर्भावस्थादेखि नै सकारात्मक वातावरण निर्माण नगरेसम्म बालबालिकाको सर्वाङ्गीण शैक्षिक विकास सम्भव नहुने उनले स्पष्ट पारे ।
विद्यालयका प्राचार्य बाबुराम बरालले विद्यालयका शैक्षिक गतिविधि र भावी योजनाबारे जानकारी गराउँदै विद्यार्थीको उज्ज्वल भविष्यका लागि पोखरा महानगरपालिका, शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाइ तथा अभिभावकको मार्गनिर्देशनमा विद्यालय अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले शिक्षा कमजोर भए संस्कृति कमजोर हुने र संस्कृति बिग्रे देश नै कमजोर हुने धारणा व्यक्त गरे । विद्यार्थीमा ‘प्रयास गरे जितिन्छ, नत्र सिकिन्छ’ भन्ने सकारात्मक सोच विकास गर्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा विद्यालयले २०८१ सालको एसइई परीक्षामा जिपिए ४ ल्याउने विद्यार्थी सुरज भुजेललाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । यस्तै, कक्षा ८ को परीक्षामा जिपिए ४ ल्याउने स्वीकृति भण्डारीलाई १० हजार रुपैयाँ नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ । आगामी वर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिने विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । दीर्घसेवा सम्मानअन्तर्गत १० वर्षदेखि निरन्तर सेवा गर्दै आएका शिक्षक तथा कर्मचारी जीवन बटाजु, सन्तोष गुरुङ, हेमा पुन, तनाज गुरुङ, शिला पुरी, करिष्मा गुरुङ, अमृता थापा र टीका पाल्पालीलाई सम्मान गरिएको छ ।
विभिन्न मापदण्ड पूरा गरी Student Of The Year’ स्वीकृति भण्डारी घोषित भएकी छन् भने रेन्बो अवार्ड अनमोल, स्वाइन, रायान ढकाल, प्रेक्षा भण्डारी र प्रिन्सिका गुरुङले प्राप्त गरेका छन् । साथै, पूर्व विद्यार्थी सबिन गुरुङ स्मृति तथा विद्यालय संस्थापक होमविक्रम र विजया मल्ल अक्षयकोष अवार्डबाट उत्कृष्ट विद्यार्थी आरुष चापागाईं, माइलिन थापा, आयुष विक र सोफिया गुरुङ सम्मानित भएका छन् ।
कार्यक्रममा विभिन्न अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने अतिथिहरूलाई विद्यार्थीहरूले निर्माण गरेका चित्रहरू मायाको चिनोस्वरूप प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । साथै, विद्यालयले सरस्वती पूजाका दिन शुक्रबार अक्षराम्भ कार्यक्रम आयोजना गर्ने र सो दिन उपस्थित विद्यार्थीलाई निःशुल्क भर्ना गरिने जानकारी दिएको छ ।

DCIM\100MEDIA\DJI_0874.JPG
Previous Post

विशेष महाधिवेशनपछि गगन थापा पहिलो पटक सानेपामा, कार्यकर्तामा उत्साह

Next Post

टाइगर कप भलिबलः आर्मीविरुद्ध थाइल्याण्ड क्विन्सको सहज जित

Next Post

टाइगर कप भलिबलः आर्मीविरुद्ध थाइल्याण्ड क्विन्सको सहज जित

Comments 1

  1. Ameliatut4300 says:
    3 months ago

    Unfinished business cries out to be concluded – https://nMm5id.short.gy/Osi49c?roale

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन