• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

निष्ठा र आदर्शको राजनीति गर्ने माधव कास्की – २ मा जनताको मन जित्दै

नीतिप्रेस by नीतिप्रेस
February 5, 2026
in राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलहरू
आ आफ्नो तयारीमा जुटिरहँदा कास्की क्षेत्र नं २ मा नेपाली काँग्रेसका
तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद बास्तोला(मधु) यतिखेर
पार्टीका नेता तथा कार्यकर्तासँगै आम मतदातालाई भेट्ने क्रम तीव्र बनाउनुभएको
छ ।
उम्मेदवारी दर्तासँगै आफ्ना चुनावी गतिविधिलाई बढाइरहनुुभएका
बास्तोला टोल तथा वस्तीमा पुग्दा आम मतदाताबाट पाइरहेको मायाले अझैँ
उत्साहित बन्नुुभएको छ ।
राजनीति पेशा नभै सेवा हो भन्ने मूल्य मान्यतालाई सँधै आत्मसात
गरिहने उहाँ यस अघिका चुनावमा नै पाटीका तर्फबाट उम्मेदवारी प्राप्त
गर्नुुपर्ने भएपनि आँफूले नपाउँदा बखत पनि आँर्फै उम्मेदवार भएजस्तै
गरी गर्नुुभएको इमान्दार खटाइका कारण यतिखेर पार्टीको सिङ्गो पंक्ति नै
एकतावद्ध रुपमा उहाँलाई जिताउन लागपरेको छ ।
आफ्ना अघि अन्य धेरै सम्भावना रहेर पनि ती सबै सम्भावनालाई त्यागेर
राजनीति मार्फत देश र जनताको सेवा गर्ने काममा निरन्तर लागिरहेका उहाँलाई
पार्टी पंक्ति भित्र मृत्यु जितेर फर्किएका नेताका रुपमा समेत लिने गरिन्छ ।
विंस २०६७ असोज ६ गते नेपाली कांग्रेसको १२ औं महाधिवेशन सकेर
काठमाडौंबाट पोखरा फर्किँदै गर्दा मुग्लिन–कुरिनटार सडकखण्डको रमाइलो
डाँडामा उहाँ सवार गाडी दुर्घटनामा परेको थियो । असोज ७ गतेदेखि सोह्र श्राद्ध
सुरु हुने भएकाले साथीहरूसँग हतारहतार पोखरा फर्किँदै गर्नुुभएका उहाँका
सहयात्रीहरू क्षेत्रीय सभापति कृष्णप्रसाद पराजुली, महासमिति सदस्य तेजप्रसाद दाहाल र
युवराज पहाडीको घटनास्थलमै मृत्यु भएको थियो भने जिल्ला सदस्य जोगेन्द्र
बाटोजुले उपचारका क्रममा ज्यान गुमाउनुुभएको थियो ।
उक्त गाडीमा सवार माधव बास्तोला र मदन केसी गम्भीर घाइते बन्नुुभएको
थियो । टाउकोमा ठूलो चोट लागेका र सात वटा करब भाँचिएका बास्तोलाले झण्डै
एक वर्षको उपचार र आरामपछि पुनर्जीवन पाउनुुभएको थियो ।
सँगै यात्रा गरेका चारजना साथीले ज्यान गुमाउँदा आँफ्नो समेत
बाँच्ने आशा मरिसकेका अवस्थामा देश र जनताको सेवाकै लागि ईश्वरले
आँफूलाई बचाएको बास्तोला बताउनुहुन्छ । मृत्युलाई जितेर पुर्नजन्म
पाएको आँफू मतदाताले अवसर दिएमा अझै खटेर बाँकी जीवन राष्ट्रसेवामा नै
लगाउने उहाँको भनाइ छ ।
पोखराको फूलबारीमा एउटा शिक्षित परिवारमा २०२३ सालको अन्त्यतिर
जन्मनुुभएका बास्तोलाले प्रारम्भिक शिक्षा घर नजिकैको शिवशक्ति स्कुलबाट सुरु
गर्दै कक्षा ७ पछि मालेपाटनको बाराही माविबाट एसएलसी उत्तिर्ण गर्नुुभएको
थियो । पोखराकै पृथ्वीनारायण क्याम्पसबाट बिएल उत्तीर्ण गरेपछि उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुुभयो । उहाँले बिएड समेत
पूरा गर्नुुभएको थियो । अध्ययनले समेत खारिएका बास्तोलाले निर्वाचित भएसँगै
शिक्षा क्षेत्रको विकाससँगै कानुन निर्माणमा पनि नेतृत्वदायी भूमिका निर्वाह
गर्नसक्ने देखिन्छ ।
राजनीतिक चेतनामा विपीको प्रभाव
बास्तोला ६ कक्षामा पढ्दै गर्दा विंस २०३६ सालमा जनमत संग्रहको घोषणा
भएको थियो । त्यतिबेला विपी कोइराला पोखरा विमानस्थलमा ओर्लन खोज्दा
तत्कालीन पञ्चहरूले अवरोध गरे । विमानस्थल नजिकै काँग्रेसको विशाल आमसभा भयो
। दाजु गुरुप्रसादको पछि लागेर आमसभा पुगेका बालक माधव तत्कालीन समयमा
विपीले गरेको भाषणबाट नै प्रभावित बनिसक्नुुभएको थियो । “कानुनभन्दा माथि
राजा कदापि हुन सक्दैनन्, प्रजातन्त्र र मुलुकका लागि बहुदलीय शासन व्यवस्था नै
चाहिन्छ ।”, भाषणका क्रममा विपीले भनेको ती शब्दले उहाँको कलिलो
मस्तिष्कमा गहिरो छाप पारेको थियो । बाराही माविमा पढ्दा नेपाल विद्यार्थी संघको
एकाइमा रहेर काम गर्नुुभएका उहाँले विंस २०४२ मा उनले काँग्रेसको
क्रियाशील सदस्यता लिनुुभएको थियो । २०४२ सालमै पोखरा नगर पञ्चायतमा
प्रमुख र उपप्रमुखमा जनपक्षीय उम्मेदवार केशवराज पराजुली र तीर्थ श्रेष्ठलाई
जिताउन उहाँ सहितका युवाहरुको क्रियाशिलता लोभलाग्दो थियो । विंस २०४६ को
जनआन्दोलनमा पूरै खटिएका उहाँ तत्कालीन समयमा पञ्चायतका पक्षधरहरूले
जागिरको प्रलोभन देखाउँदा पनि प्रजातन्त्रका पक्षमा आँफूलाई उभ्याएर देश
र जनताको सेवा गर्ने उद्देश्यका साथ राजनीति नै रोज्नुुभएको थियो ।
प्रजातन्त्रको पुनःस्थापना पछि वडा तहबाटै संगठन विस्तारमा लाग्नुुभएका
उहाँ २०४९ सालमा पोखरा ११ को नेपाली काँग्रेसको वडा सभापति बन्नुुभयो ।
२०५४ सालको स्थानीय निर्वाचनमा उनी सोही वडाको वडाध्यक्षमा निर्वाचित
उहाँ तत्कालीन सयमा सीमित स्रोत र साधनका बाबजुद विकास निर्माणमा खटिएर
वडावासीको मन जित्नुुभएको थियो । २०५४ पछि द्वन्द्वका कारण निर्वाचन नभए
पनि उहाँले जनप्रतिनिधिको हैसियतमा सामाजिक कामलाई निरन्तरता दिनुुभयो ।
२०६२÷६३ को आन्दोलनका क्रममा उहाँ प्रहरी हिरासतमा पर्नुुभएको थियो ।
पार्टीको १२ औं र १३ औं महाधिवेशनमा पार्टीको कास्की क्षेत्र नम्बर
२ को क्षेत्रीय सभापति बन्नुभएको थियो । सभापति भएकै बेला दोस्रो संविधान
सभा निर्वाचनमा कांग्रेस उम्मेदवार शारदा पौडेललाई जिताउन उल्लेख्य भूमिका
निर्वाह गरेका उहाँले १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै हाल
नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रवक्ताको जिम्मेवारीमा रहनुुभएको छ ।
उहाँ केवल राजनीतिकर्मी मात्र नभै कुशल सामाजिक अभियन्ता पनि हुनुहुन्छ ।
आफ्नै अगुवाइमा फूलबारी क्लब स्थापना र दर्ता गराउनुुभएका उहाँ शिवशक्ति
मावि र क्याम्पसको तीन कार्यकाल अध्यक्ष बनेर यस क्षेत्रको शैक्षिक उन्नयनमा पनि
उत्तिकै योगदान दिनुुभएको छ । विद्यालयको भौतिक संरचना कमजोर हुँदा स्वर्ण
महोत्सव र महायज्ञमार्फत १०औं लाख रुपैयाँ संकलन गरी पूर्वाधार निर्माण

गराएका उहाँले रामेश्वर मन्दिरको विकास, सडक, सामुदायिक वन र खानेपानी
आयोजना आदिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुुभएको छ । ।
कास्की–२ बाट प्रतिनिधि सभा सदस्य बनेर यस क्षेत्रको समृद्धि र विकाससँगै समग्र
देशमा सुशासन र विकास अघि बढाउन योगदान गर्ने उहाँको इच्छा छ । पूरै
महानगरका वडा भएर पनि विकास दृष्टिले ओझेलमा परेका स्थानको समग्र समुन्नति
उहाँको मुख्य ध्येय बनेको छ । पोखराको मुख्य समस्या बनेको फोहरलाई
आर्थिक उपार्जनको माध्यम बनाउनुपर्ने योजनासँगै कसैलाई मर्का नपर्ने गरी
उपयुक्त स्थान छनोट गरी आधुनिक प्रशोधन केन्द्र बनाएर फोहरबाट ऊर्जा
उत्पादन गर्नुुपर्ने उहाँको सोच छ ।
पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्दै तालतलैया र नदीको
संरक्षण गर्ने तथा पोखरालाई केन्द्रमा राखेर धार्मिक पर्यटन करिडोर निर्माण गनेर्
उहाँको लक्ष्य छ । पोखरालाई गण्डकी प्रदेशको मात्र नभई देशकै शिक्षा र
स्वास्थ्यको ।।।हब’ बनाउने कुरामा प्रतिवद्ध उहाँ युवा स्वरोजगारलाई आफ्नो मुख्य
प्राथमिकतामा राख्नुहुन्छ । विदेशिएका युवालाई स्वदेश फर्काउन मुलुकभित्रै शिक्षा
र रोजगारीको उत्कृष्ट अवसर सिर्जना गर्ने तथा सरकारी सेवा प्रवाहमा रहेको झन्झट
र भ्रष्टाचार अन्त्य गर्ने उहाँको अठोट छ । अहिलेको निर्वाचन प्रणालीबाट कुनै
एक दलको बहुमत आउन कठिन देखिएकाले समयसापेक्ष संविधान संशोधन र निर्वाचन
प्रणालीमा पुनर्विचार गर्नुपर्ने आवाजलाई आँफू निर्वाचित भएसँगै सम्बन्धित
निकायमा जोडदार उठाउने उहाँको भनाइ छ ।
काँग्रेस कमजोर हुँदा राष्ट्रियता कमजोर भएको कुरालाई आँफूहरूले
पटकपटक देख्दै र भोग्दै आएको बताउँदै उहाँले निर्वाचन मार्फत
काँग्रेसलाई बलिो बनाउनुुपर्ने अवस्था आएको बताउनुुभयो । आँफ्नो
पुँजी भनेकै इमानदारिता भएको बताउनुुहुने बास्तोला पहुँच र पुँजीका
आधारमा हुने प्रतिनिधित्व र नातावादको परम्परालाई तोड्नुपर्ने बताउनुहुन्छ ।
मतदाता भेटघाटका क्रममा उहाँले तत्तत् स्थानका मतदातासँग त्यहाँका समस्या
बुझ्दै उनीहको अपेक्षा सहित सुझाव संकलन समेत गरिरहनुुभएको छ ।

Previous Post

कास्की–१ मा उत्साहको लहर : गनेस पौडेलको संवाद यात्रामा जनताको भरोसा

Next Post

जिल्ला समन्वय समिति कास्कीद्वारा रूपा रिङ्गरोड सडकको अनुगमन

Next Post

जिल्ला समन्वय समिति कास्कीद्वारा रूपा रिङ्गरोड सडकको अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन