• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चौथो हिसान गण्डकी फुटसलको तयारी पूरा, २४ टोली प्रतिस्पर्धामा

नीतिप्रेस by नीतिप्रेस
February 26, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा स्पोर्ट्स । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको वार्षिक खेलकुद कार्यक्रमअन्तर्गत आयोजना हुने चौथो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता फागुन १५ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

हिसान गण्डकीका अध्यक्ष डा.रामजी शर्माका अनुसार प्लस टु तर्फ विभिन्न जिल्लाबाट छनोट भएका कुल १६ टोली तथा विश्वविद्यालयतर्फ ८ गरी कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा प्लस टु तर्फ कास्कीबाट ८ टोली, बागलुङबाट ३ टोली, तनहुँबाट ३ टोली तथा पर्वत र म्याग्दीबाट समान १–१ टोलीको सहभागिता रहनेछ ।

प्लस टु तर्फ विजेता टोलीले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ ।

यस्तै विश्वविद्यालयतर्फ कास्की जिल्लाका ८ कलेज टोलीको प्रत्यक्ष सहभागिता रहनेछ। उक्त विधातर्फ विजेताले नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र पाउनेछन्।

प्लस टु तर्फ न्यू ओएसिस एकेडेमी, आदर्श विद्या मन्दिर सेकेन्डरी स्कूल, बराही आवासीय मावि, ज्ञान बगैंचा इङ्ग्लिस बोर्डिङ स्कूल, प्रतिभा सेकेन्डरी स्कूल, अक्सफोर्ड स्कूल, चिल्ड्रेन लाइफ बोर्डिङ स्कूल, जे.सी.ए., गुरुकुल विद्या सदन, स्टेप बाई स्टेप सेकेन्डरी स्कूल, आरनिको इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कूल, फिस्टेल एकेडेमी, फ्युचर ब्राइटर सेकेन्डरी स्कूल, बाल कल्याण बोर्डिङ स्कूल, डायमण्ड सेकेन्डरी स्कूल र अमर आदर्श बोर्डिङ स्कूल सहभागी रहेका छन् ।

विश्वविद्यालयतर्फ इन्फर्मेटिक्स कलेज, पोखरा लिंकन इन्टरनेशनल कलेज, सोच कलेज अफ आईटी, लेक सिटी कलेज एण्ड रिसर्च सेन्टर, गेन्स कलेज, पोखरा इन्जिनियरिङ कलेज तथा इन्फोम्याक्स कलेज अफ आईटी एण्ड म्यानेजमेन्टले प्रतिस्पर्धा गर्नेछन् ।

विद्यालय तथा कलेजस्तरमा फुटसल खेलको विकास, नयाँ प्रतिभा पहिचान तथा खेलकुद गतिविधि प्रवर्द्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको अध्यक्ष डा.शर्माले बताए । सबिन मेमोरियलको व्यवस्थापनमा सञ्चालन हुने यस प्रतियोगिताको अघिल्लो संस्करणमा प्लस टु तर्फ गुरुकुल विद्यासदन तथा कलेजतर्फ इन्फर्मेटिक्स कलेजले उपाधि जितेका थिए ।

Previous Post

न्यू ग्यालेक्सीका विद्यार्थीको क्षमता प्रदर्शन

Next Post

निर्वाचन अपडेट : १८ गतेदेखि मौन अवधि, मतदानको दिन सवारी बन्द, भोट हाल्न परिचयपत्र अनिवार्य छैन

Next Post

निर्वाचन अपडेट : १८ गतेदेखि मौन अवधि, मतदानको दिन सवारी बन्द, भोट हाल्न परिचयपत्र अनिवार्य छैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन